PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

वकीलहरुलाई चुनावी चटारो : बार अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेलबीच प्रतिस्पर्धा हुने



पहिलोपोस्ट

वकीलहरुलाई चुनावी चटारो : बार अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेलबीच प्रतिस्पर्धा हुने

काठमाडौँ : चैत १६ गते हुने नेपाल बार एशोसिएसनको निर्वाचनमा अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अधिवक्ता सुनीलकुमार पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। मनोनयन सोमबार हुँदैछ। 

नेकपा निकट कानुन व्यवसायी संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए) ले वरिष्ठ अधिवक्ता श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै, कांग्रेस निकट कानुन व्यवसायी संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) ले पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

अध्यक्षमा दाबी गरिरहेका पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठको नाममा पूर्व एमालेका कानुन व्यवसायीहरुले असहमति जनाएपछि एनएलएले चण्डेश्वरलाई अघि सारेको हो। 

यस्तै, एनएलएले महासचिवमा सुरेन्द्र थापा र डिएलएले लीलामणि पौडेलको नाम टुंगो लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell