PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

चट्याङले टावरमा क्षति पुर्‍याएपछि एक सातादेखि बाजुरामा टेलिफोन सेवा अवरुद्ध



पहिलोपोस्ट

चट्याङले टावरमा क्षति पुर्‍याएपछि एक सातादेखि बाजुरामा टेलिफोन सेवा अवरुद्ध

  • प्रेम रौले-

मार्तडीः सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ।

सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ।

यस्तै कर्णाली प्रदेशमा मुगु दुई र हुम्लाको एक स्थानीय तह गरी सात स्थानीय तह एक सातादेखि सञ्चारविहीन बनेका हुन्। हिमपातसँगै चट्याङले टावरमा क्षति पुर्‍याएपछि एक सातादेखि सञ्चारविहीन बनेको नेपाल टेलिकम बाजुरा शाखाका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिए।

उहाँले दिएको जानकारीअनुसार बडीमालिका नगरपालिका–७ मा पर्ने कालाजाग्रामा रहेको टावर बिग्रेका कारण सञ्चारबिमुख बनेका हुन्। उत्तरी भेगका चार स्थानीय तह सञ्चार सेवाबाट पूर्णरुपमा बिमुख बनेका छन्। त्यस्तै हुम्लाको ताक्लाकोट गाँउपालिका, मुगुको खत्याड गाउँपालिका पनि सञ्चारसेवा छैन्।

कालाजाग्रामा हिउँ भएकाले कर्मचारी जान नसक्ने अवस्था भएकाले केही दिनमा पुगेर टावरको अवस्था बुझी चाँडै सञ्चालनमा ल्याउने टेलिकम शाखाको भनाइ छ। अहिले पनि हिमपात नरोकिएका कारण टावर मर्मतका लागि उक्त क्षेत्रमा जान समस्या भएको छ।

सात स्थानीय तह नै सञ्चारविहीन भएपछि सूचना आदनप्रदान गर्न समस्या आएको बूढीनन्दा नगरपालिका नगरप्रमुख पदमकुमार गिरीले बताए। त्यस्तै खप्तड छेडेदह गाउँपालिकाको आँटीचौरमा रहको टावरमा पनि चट्याङ पर्दा टेलिफोन सेवा अवरुद्ध भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell