PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा



पहिलोपोस्ट

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा

डोल्पाः यहाँको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा रहेको छ। छलगाड लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा प्रयोग हुने लेदरफिता चुँडिएपछि नगरपालिकामा दुई सातादेखि विद्युत् आपूर्ति ठप्प भएको हो।

विद्युत् आपूर्ति बन्द भएपछि त्रिपुराकोट, गल्ली, करेलीकाँडा, बगरलगायतका बस्तीका स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्।

बिजुली बत्ती नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कामकाज सम्पादनमा समेत समस्या भएको स्थानीय हरिचन्द्र विष्टले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell