PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

एफए कप : म्यानचेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश



पहिलोपोस्ट

एफए कप : म्यानचेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। फिल फोडेनको दुई गोल मद्दतमा न्युपोर्ट काउन्टीलाई ४-१ ले पराजित गर्दै सिटीले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।

फोडेनले ७५औँ र ८९औँ मिनेटमा गोल गरे। सिटीका लागि लरेय सानेले ५१औँ मिनेटमा पहिलो गोल गरेका थिए भने रियाद महारेजले इन्जुर टाइममा गोल थपेका थिए।

काउन्टीका लागि पाड्राइग अमोडले एक गोल गरे।

यस्तै ब्राइटन र मिलवाल पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। ब्राइटनले डर्बी काउन्टीलाई २-१ तथा मिलवालले एएफसी बिम्बलडनलाई १-० ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell