PahiloPost

May 15, 2024 | २ जेठ २०८१

ला लिगा : बार्सिलोना र एट्लेटिको मड्रिड विजयी



पहिलोपोस्ट

ला लिगा : बार्सिलोना र एट्लेटिको मड्रिड विजयी

लियोनल मेसीले दुई पेनाल्टी प्रहार गर्दा एक मात्र गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडमाथि संघर्षपूर्ण जित हात पारेको छ।

मेसीकै निर्णायक गोल मद्दतमा बार्सिलोना १-० ले विजयी भएको हो।

पहिलो हाफमा प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका थिए। ४३औँ मिनेटमा भाल्लाडोलिडका माइकलले जेरार्ड पिकेलाई फल गरेपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरे।

दोस्रो हाफमा पाएको पेनाल्टीमा मेसीको प्रहार गोलकिपर जोर्दी मासिपले रोकेका थिए।

जितपछि बार्सिलोनाले दोस्रो स्थानमा उक्लेको एट्लेटिको मड्रिडमाथि ७ अंकको अग्रता कायम गरेको छ।

बार्सिलोनाले २४ खेलबाट ५४ अंक जोडेको छ।

रायो भालेकानोलाई १-० ले पराजित गरेको एट्लेटिको रियललाई पछि पार्दै दवस्रो स्थानमा उक्लेको हो। २४ खेलबाट एट्लेटिकोको ४७ अंक छ।

एट्लेटिकोका लागि एन्टोनी ग्रीजमनले एक मात्र गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell