PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

बीबीएल फाइनल : ब्याट फ्लिप जितेपछि मेलनर्व स्टार्सले पहिलो बलिङ गर्ने, सन्दीप पहिलो रोजाईमा



पहिलोपोस्ट

बीबीएल फाइनल : ब्याट फ्लिप जितेपछि मेलनर्व स्टार्सले पहिलो बलिङ गर्ने, सन्दीप पहिलो रोजाईमा

नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग फाइनल खेल्ने पहिलो नेपाली खेलाडी बन्दैछन्।

बीबीएल सिजन ८ अन्तर्गत फाइनल खेलमा आज मेलवर्न डर्बी भिडन्त हुँदैछ। जसमा सन्दीप रहेको मेलवर्न स्टार्स र मेलवर्न रेनेगाड्स पहिलो पटक उपाधि जित्ने योजनाका साथ नेपाली समयअनुसार बिहान ९:३० बजे खेल्दैछन्।

मार्भेल स्टेडियममा हुने फाइनलमा सन्दीपको टिम मेलवर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ब्याट फ्लिज जितेर पहिले बलिङ रोजेका छन्।

स्टार्सले सेमिफाइनलमा होबार्ट हुरिकेन र रेनगाड्सले सिड्नी सिक्सर्लाई पराजित गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell