PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

बीबीएल: फाइनलमा सन्दीप विकेटविहीन, चार ओभरमा दिए १६ रन



पहिलोपोस्ट

बीबीएल: फाइनलमा सन्दीप विकेटविहीन, चार ओभरमा दिए १६ रन

नेपाली क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिग (बीबीएल) फाइनल खेल्दै इतिहाच रच्दा विकेट लिन भने सकेनन्।

मेलवर्न डर्बी भिडन्तमा स्टार्सका लागि खेलिरहेका सन्दीपले रेनेगाड्स विरुद्ध कसिलो बलिङ गरे। उनले चार ओभर स्पेलमा उनले १६ रन मात्र खर्चिए।

२४ बल बलिङ गर्दा सन्दीपले १२ बल डट फाल्न सफल भए भने एक चौका दिए।

बीबीएलको डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले कूल ८ खेल खेल्दा ११ विकेट लिए।

सिजनको सुरुको ४ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट लिएका सन्दीपले त्यसपछि बंगलादेश प्रिमियर लिग र नेपालको राष्ट्रिय टिमका लागि खेले।

नेपालको युएई टुरपछि सिधै अष्ट्रेलिया पुगेका सन्दीपले लिगको अन्तिम दुई खेल, सेमिफाइनल र फाइनल खेलेका हुन्। उनले लिग खेलमा सिड्नी सिक्सर्सविरुद्ध ३ विकेट लिएका थिए। सेमिफाइनलमा होबार्टविरुद्ध भने सन्दीपले विकेट लिन सकेनन्। यस्तै पुनरागमन खेलमा ब्रिसबन हिटविरुद्ध पनि सन्दीप विकेटविहीन बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell