PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

डीपीएल : ६ ओभरमा घटाइएको खेलमा महेन्द्रनगरले अत्तरियालाई हरायो



पहिलोपोस्ट

धनगढी : धनगढी प्रिमियर लिग अन्तर्गत आइतवार भएको पहिलो खेलमा महेन्द्रनगरले सिवाइसी अत्तरियालाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ।

वर्षाका कारण मैदान भिजेकाले ६ ओभरमा घटाइएको खेलमा महेन्द्रनगरले अत्तरियालाई ७ विकेंटले पराजित गरेको हो।

जितपछि लिग चरंणका सबै ५ खेल खेलिसकेको महेन्द्रनगरले ४ अंक जोडेको छ। एक खेल मात्र जितेको महेन्द्रनगरले दुई खेलमा हार बेहोरेको थियो भने दुई खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडेको थियो।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले ६ ओभरमा ५ विकेट गुमाएर ५४ रन बनाएको थियो। अत्तरियाका लागि ओपनिङ गरेका सन्नी पटेलले १९ रन बनाए भने जयकिसन कोल्सावाला र कप्तन दिपेन्द्र सिंह भरीले समान १० रन जोडे।

महेन्द्रनगरका अभिनाश बोहरा र सागर ढकालले २-२ विकेट लिए।

५५ रनको लक्ष्य महेन्द्रनगरले २ बल अगावै ३ विकेट गुमाएर पूरा गरेको हो। महेन्द्रनगरका लागि ओपिनर सुब्रमन्यम आनन्दले सर्वाधिक १९ रन बनाए। आरिफ शेखले नटआउट १५ रन योगदान गरे। कुशल मल्ल ६ रनमा नटआउट रहे।

अत्तरियाका भुवन कार्कीले २ विकेट लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell