PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

लुट्न सके लुट कान्छा माइतीघर मण्डलामा बजाइने



पहिलोपोस्ट

लुट्न सके लुट कान्छा माइतीघर मण्डलामा बजाइने

काठमाडौँ : सत्ता समर्थकहरुको आक्रोशित प्रतिक्रियापछि सर्जक पशुपति शर्माले आफ्नो युट्युबबाट डिलिट गरेको 'लुट्न सके लुट कान्छा' बोलको गीतलाई राजधानीको माइतीघर मण्डलामा सार्वजनिक बजाइने भएको छ। 

आयोजक स्वतन्त्र नागरिक भन्दै आइतबार साँझ ५ बजे माइतीघर मण्डलामा गीत बजाउने तयारी भएको हो। 

राष्ट्रपति, प्रधानमन्त्री र सत्ता सञ्चालक दललाई आक्षेप लगाइएको भन्दै आक्रोशित प्रतिक्रियाहरु आएपछि शर्माले शनिबार राति आफ्नो युट्युब च्यानलबाट गीत डिलिट गर्दै परिमार्जित गीत पछि अपलोड गर्ने बताएका हुन्। 

तर उनले आफ्नो च्यानलमा गीत डिलिट गरे पनि दर्जनौँ कपी गरिएका गीतहरु फेसबुक र युट्युबमा अपलोड भएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell