काठमाडौं: फिल्म 'पुरानो बुलेट'को ट्रेलर सार्वजनिक भएको छ। अधिकांश फिल्ममा भिलेन भुमिकामा देखिएका अनुप बिक्रम शाहीलाई ट्रेलरमा हिरोको भुमिकामा देख्न सकिन्छ। प्रेम, द्वन्द्व र सस्पेन्स समावेश ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बु पनि फिचर्ड छन्।
चैत १ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा अनुप,वर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राईलागयतको अभिनय छ। फिल्मलाई भीषण राईले निर्देशन गरेका हुन्। फिल्मबारे भीषणले भने 'यो फिल्मले पुर्वेली जनजिवन देखाउन खोजेका छौं। अब, फिल्म कस्तो बन्यो त्यो दर्शकको हातमा छ।'
फिल्मको कथा तथा पटकथा निर्देशक भीषणसँगै सन्तोष राईले लेखेका हुन्।
स्क्रिनमा हिरोको भुमिकामा देखिँदा कस्तो अनुभव भयो?
अनुपले जवाफमा भने 'न म यहाँ भिलेन बन्न आएको हुँ, न हिरो, राम्रो कलाकार बन्न चाहन्छु।'
फिल्ममा उत्तम जंग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत, हरि घले लामा छायाँकन, अर्जुन जिसीको सम्पाद, प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ।