PahiloPost

May 15, 2024 | २ जेठ २०८१

भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधि ठमेल यूनाइटेडलाई



पहिलोपोस्ट

भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधि ठमेल यूनाइटेडलाई

पोखरा : कास्की जिल्ला बास्केटबल संघको आयोजनामा भएको तेश्रो कुँवर व्रर्दश एण्ड सन्स राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५ को उपाधि काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ।

आइतबार पोखरामा सम्पन्न फाइनलमा ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गरेको हो।

च्याम्पियन ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको कास्की जिल्ला बास्केटबल संघले नगद ३३ हजार ३ सय ३३ पायो।

प्रतियोगितामा कास्की जिल्ला बास्केटबल संघका खेलाडी रबिन साही उत्कृष्ट खेलाडी घोषित भए भने ठमेल युनाइटेडका कर्मा गुरुङले सर्वाधिक स्कोरर हुँदै विशेष ट्रफी प्राप्त गरेका छन्।

विजेता टिम तथा खेलाडीलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका एसएसपी नरोत्तमलाल प्रधान, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गोविन्द पुरी, सोसल पव्लिकका संस्थापक खिम गुरुङ लगाएतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

यस्तै नेपाल बास्केटबल संघका पूर्व उपाध्यक्ष एवंम नेपाल सेभेन ए साइडका अध्यक्ष नविन पुनलाई सम्मान गरिएको थियो।

४० वर्ष देखिमाथी उमेर समुहका खेलाडीको रहेको उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो। फागुन २ गतेबाट सुरु भएको प्रतियोगितामा काठमाडौको ठमेल युनाइटेड, तनहुँ जिल्ला बास्केटबल संघ, एक्स अम्बर सिंहको ए र बी, लामाचौर भेट्रान्स तथा आयोजक कास्की जिल्ला बास्केटबल संघको टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell