PahiloPost

May 15, 2024 | २ जेठ २०८१

नेपाली यू-२१ फुटबल टोली भारत जाँदै



पहिलोपोस्ट

नेपाली यू-२१ फुटबल टोली भारत जाँदै

काठमाडौँ : नेपालको यू-२१ फुटबल टिम भारतमा हुने क्षेत्रिय प्रतियोगिता खेल्ने मंगलवार भारतको गुवाहती प्रस्थान गर्दैछ।

डक्टर टि एओ सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप खेल्न जाने टोलीलाई सोमवार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको हो।

एन्फाले यस प्रतियोगितामा राम्रो खेल्नेले यू-२३ टिममा अवसर पाउने जनाएको छ।

प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म भारतको गुवाहटीमा हुनेछ।

 

नेपाली टोली:

गोलकिपर : सोजित गुरुङ, विष्णु कुमार केसी, सूर्य अधिकारी

डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिन पौडेल, छिरिङ गुरुङ (कप्तान)

मिडफिल्डर : अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी

फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ, प्रेजन तामाङ

 

व्यवस्थापक : राजेश मान्नधर

मुख्य प्रशिक्षक : चेत नारायण श्रेष्ठ

सहायक प्रशिक्षक : सल्यान खड्गी

गोलकिपिङ प्रशिक्षक : छ्न्नुराम चौधरी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell