PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कर्णाली मुख्यमन्त्री रनिङ शिल्डको उपाधि कालिकोट र रुकुमको पोल्टामा

कर्णाली मुख्यमन्त्री रनिङ शिल्डको उपाधि कालिकोट र रुकुमको पोल्टामा

पी बी खड्का/पहिलोपोस्ट


सुर्खेतः कर्णाली प्रदेशमा भएको मुख्यमन्त्री रनिङ शिल्डको उपाधि कालिकोट र रुकुम पश्चिमले जित हात पारेका छन्। पहिलो पटक भएको प्रदेशस्तरिय भलिवल प्रतियोगितामा पुरुष तर्फ रुकुम पश्चिमले उपाधि जित्न सफल भएको छ भने, महिला कालिकोटले जितेको छ। 

प्रदेश सरकारले आयोजना गरेको प्रतियोगिता राजधानी सुर्खेतमा फागुन १ गतेदेखि सुरु भएको थियो। उक्त खेलमा पुरुष तर्फ आइतवार भएको फाइनल खेलमा रुकुमपश्चिमले सल्यानलाई ३–०को सोझो सेटमा पछि पार्दै उपाधि हात पारेको हो।  रुकुमले सल्यानसँग समूह चरणमा भोगेको हारको बदला लिँदै मुख्यमन्त्री रनिङ शिल्डको उपाधि सहित नगद एक लाख आफ्नो पोल्टामा पारेको हो।

पहिलो खेलमा सल्यानलाई रुकुमले २८–२६,२५–१९ र २५–२३ को अन्तरमा पराजित गरेको थियो।

उपविजेता बनेको सल्यानले नगद ७५ हजारमामा चित्त बुझाएको छ भने घरेलु टोली सुर्खेत नगद ५० हजार सहित तेस्रो स्थानमा चित्त बुझाएको छ।  

समुह चरणको खेलबाट लगातार जित हातपार्दै शीर्षस्थानमा रहदै आएको सल्यान फाईनलमा हार भोग्न बाध्य भएको हो। शुरुका खेलमा राम्रो प्रर्दशन गरेको सल्यान अन्तिम समयमा आफुलाई सम्हाल्न नसक्दा उपाधि होडबाट बाहिएको हो।

त्यसैगरी, महिला तर्फ कालीकोटले रुकुम पश्चिमलाई ३– शून्यका कै सोझो सेटमा हराउँदै उपाधिसंगै एकलाख रुपैयाँ हात पारेको छ।

उपविजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँ हात पारेका छन्।

चार दिनसम्म लगातार भएको प्रतियोगितामा रुकुमका डायमण खड्का र महिला तर्फ कालिकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी घोषित भएका छ। उनीहरुले जनही ३ हजार ७ सय रुपैयाँ पुरुस्कार प्राप्त गरेका छन्।

खेलमा कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी महिला÷पुरुष २० टिमको सहभागिता थियो।

उक्त खेलकुद प्रतियोगिता प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको थियो। चालु आर्थिक वर्षको विनियोजित ५० लाख रुपैयाँमा आयोजना गर्ने भनिएपनि ५५ लाख खर्च भएको मन्त्रालयले दावी गरेको छ।

त्यसैगरी खेलको समापन गर्दै कर्णालीका आर्थिक मामिला तथा योजाना मन्त्री प्रकाश ज्वालाले यसक्षेत्रको खेलको विकासका लागि खेलुकुदमा लगानी गर्नुपर्नेमा जोडदिए। उनले सिमित स्रोत र साधनका विच पनि कर्णालीमा खेलकुदमा राम्रो भएको भन्दै उनले खेलमैदानको विस्तार गर्नुपर्ने बताए।

कार्यक्रममा कर्णालीका सामाजिक मन्त्री दल रावलले कर्णाली प्रदेशलाई खेलकुदको क्षेत्रबाट पहिचान गराउने भन्दै अब भौतिक संरचनाहरु निर्माण कार्य शुरु गर्ने बताए। अहिले प्रदेशमा भएका संरचनाहरु स्तरोन्नति गरी थप आवश्यक संरचना बनाउनसमेत प्रदेश सरकार लाग्ने बताए। उनले आफहुरु खेलकुद सम्बन्धीको ऐन ल्याउन लागेको भन्दै आउदो आर्थिक बर्षदेखि अन्तरप्रदेश स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए। खेलका माध्यमबाट प्रदेशको पहिचान र समृद्धिका लागि समेत टेवा पुग्ने भन्दै खेलकुदमा खर्च गर्न प्रदेश सरकारपछि नहट्ने उनको भनाई छ।



ट्रेन्डिङ पोस्ट

Ncell