PahiloPost

May 15, 2024 | २ जेठ २०८१

ला लिगा : घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा रियल मड्रिड गिरोनासँग पराजित



पहिलोपोस्ट

ला लिगा : घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा रियल मड्रिड गिरोनासँग पराजित

स्पानिस ला लिगामा रियल मड्रिडले गिरोनासँग अप्रत्यासित हार बेहोरेको छ।

घरेलु मैदानमा एक गोलको अग्रता लिएर पनि दोस्रो हाफमा दश मिनेटको अन्तरमा दुई गोल खाएपछि रियल २-१ ले पराजित भएको हो। हारपछि रियलले एट्लेटिकोलाई पछि पार्दै दवस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

सान्टियागो वर्नामेउमा मार्को असेन्सिओले पहिलो हाफमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

तर गिरोनाले दवस्रो हाफमा पुनरागमन गर्दै दुई गोल फर्कायो। ६५औँ मिनेटमा क्रिस्टियन सुतअनीले पेनाल्टीमार्फत गिरोनाका लागि बराबरी गोल फर्काए। ७५औँ मिनेटमा पेट्रुले गरेको गोल नै गिरोनालाई ३ अंक दिलाउन निर्णायक बन्यो।

खेलको अन्त्यतिर रियलका कप्तान सर्गियो रामोस रातो (दोहोरो पहेँलो) कार्ड पाउदै मैदान बाहिरिएका थिए।

हारपछि २४ खेलबाट ४५ अंक रहेको रियल तेस्रो स्थानमा यथावत छ।  रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ९ र छिमेकी ए६लेटिको भन्दा २ अंकले पछि छ। ५४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ।

रियललाई पराजित गरेको गिरोना २४ खेलबाट २७ अंक जोड्दै १५औँ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell