PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

'आइटम गर्ल'को ट्यागबारे प्रश्नमा माला लिम्बुको यस्तो जवाफ



पहिलोपोस्ट

'आइटम गर्ल'को ट्यागबारे प्रश्नमा माला लिम्बुको यस्तो जवाफ
तस्वीर : माला लिम्बुको फेसबुक

काठमाडौं:  कलाकार माला लिम्बुलाई सँधै एउटै ट्याग लाग्ने गर्छ। त्यो हो 'आइटम गर्ल'को ट्याग। 'काले दाइ', 'झक्कास झापाली'मा आइटम गर्लको रुपमा फिचर्ड भइसकेकी माला लामो समयपछि फेरि फिल्ममा देखिँदैछिन्।

'पर्व'पछि उनले गरेको अर्को फिल्म हो 'पुरानो बुलेट'। फिल्ममा आइटम गर्लको भुमिकामा आफू नदेखिने उनी बताउँछिन्।

हालै एक कार्यक्रममा 'आइटम गर्ल' ट्यागबारे प्रश्न गर्दा उनले भनिन् 'यो फिल्ममा मेरो बिजिनेस वुमनको भुमिका छ। अब मलाई थाह छैन, तपाई आइटम गर्ललाई कसरी बुझ्नुहुन्छ। यो फिल्मले मलाई आइटम गर्लको ट्याग दिँदैन। मलाई तपाईले सोधेको प्रश्न मन परेन।'

उनी आइटम गर्लको ट्याग पहिलादेखि नै मन पराउँदिनन्। लामो समयपछि मिडियामा देखेएकी मालालाई पत्रकारले उक्त ट्यागबारे प्रश्न गर्दा ट्यागबारे आपत्ती जनाइन्।   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell