PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

डीपीएल : रुपन्देही प्लेअफमा, साविक विजेता धनगढीले एक खेल पनि जित्न सकेन



पहिलोपोस्ट

डीपीएल : रुपन्देही प्लेअफमा, साविक विजेता धनगढीले एक खेल पनि जित्न सकेन

धनगढी : साविक विजेता धनगढी स्टार्स धनगढी प्रिमियर लिग डीपीएल ३ मा एक खेल पनि नजिती बाहिरिँदा रुपन्देही च्यालेन्जर्स प्लेअफ पुग्ने दोस्रो टिम बनेको छ।

सोमबार भएको खेलमा धनगढिलाई ३९ रनले पराजित गर्दै रुपन्देहीले शीर्ष चारमा स्थान पक्का गरेको हो। उता धनगढीले खेलेको ४ वटै खेल हार्दा एक खेल भने वर्षाले रद्भ भएपछि अंक बाँडेको थियो।

पाँचै खेल खेलिसकेको रुपन्देही ६ अंकका साथ दोस्रो स्थानमा छ। रुपन्देहीले शीर्ष दुईमा रहँदै क्वालिफायर्स खेल्न भने बाँकी खेलको नतिजा कुर्नपर्नेछ।

१५ ओभरमा छोट्याइएको खेल टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले सबै विकेट गुमाएर १०६ रन बनाएको थियो।

सुमित महर्जनले ३३ र विनोद भण्डारीले २४ रन बनाए। धनगढीका सोमपाल कामी, विनपिन खत्री र पवन सर्राफले २-२ विकेट लिए।

जवाफमा १०७ रन पछ्याएको धनगढी १४ ओभरमा ६८ रनमा अलआउट भयो। धनगढीका पवन सर्राफले सर्वाधिक १५ रन बनाउदा ओपनिङ गरेका कप्तान सोमपाल कामीले ११ र सन्दिप रजालीले १० रन बनाए।

धनगढिलाई अलआउट गर्न रुपन्देहीका ३ ओभरमा ५ रन खर्चेर ३ तथा विक्रम सोबले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell