PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

बुलबुलको पोस्टर हटाउन प्रहरीको निर्देशन



पहिलोपोस्ट

बुलबुलको पोस्टर हटाउन प्रहरीको निर्देशन

काठमाडौँ : गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले निर्देशन दिएको छ। 

चलचित्रको लागि टाँसिएका पोस्टरमा मदिराको विज्ञापन भएकाले प्रहरीले नियम विपरीत भएको भन्दै हटाउन निर्देशन दिएको हो। चलचित्र निर्माण पक्षलाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बोलाएर हटाउन आग्रह गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्।

निर्माण पक्षले पोस्टर हटाउने भएको प्रहरीले जानकारी दिएको छ। फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ, लक्ष्मी  बर्देवा, मुकुन्द भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  आशिका पाण्डे लगायतको अभिनय गरेका छन्। फिल्ममा कोसिस क्षेत्री र उद्गम परियारको सङ्गीत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell