PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एसईई कप क्रिकेट हुने



पहिलोपोस्ट

एसईई कप क्रिकेट हुने

काठमाडौँ : नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा ब्रमास्मी एसईई कप क्रिकेट २०७६ हुने भएको छ।

एकेडेमीले सोमबार पत्रकार सम्मेलन गर्दै २०७५ सालमा एसईई परिक्षा दिएका विद्ययार्थीलाई मध्यनजर गर्दै प्लस टु लेभल र स्कुललाई समावेश गर्दै प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो। प्रतियोगिता ५० ओभरको हुनेछ।

एकेडेमीका अध्यक्ष भरत बहादुर शाहीका अनुसार प्रतियोगिताका लागि चैत २२ गतेदिख देशका प्रमुख ११ स्थानमा ट्यालेन्ट हण्ठ गरी खेलाडी छनोट गरिनेछ।

'पहिलो चरणमा हामी सय खेलाडी छनोट गर्नेछौँ। त्यसबाट सात दिनको क्याम्प आयोजना गरिनेछ र क्याम्पबाट ४८ जना खेलाडी प्रतियोगिताको लागि छानिनेटछ। यी खेलाडीहरु सहभागि टोलीमा वितरण गरिनेछ।' शाहीले भने।

८ टोलीले प्रतियोगिता खेल्नेछन्। सबै टोलीले क्याम्पबाट आएका मध्ये ४ खेलाडी अनिवार्य लिनुपर्नेछ।

प्रतियोगिता २०७६ साल बैशाखको अन्तिमतिरबाट सुरु गर्ने तयारी रहेको शाहीले जानकारी दिए। प्रतियोगिताको खेलहरु मुलपानी मैदानमा हुनेछ।

प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट १४ खेलाडी छनोट गरी श्रीलंकामा हुने सिरिजमा सहभागि गराउने शाहीले जानकारी दिए।

प्रतियोगिताको प्लेअर अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई नेक्सस एकेडेमीले दिल्लीमा एक वर्षको लागि निशुल्क प्रशिक्षण गर्ने व्यवस्था गरिने समेत शाहीले बताए।

अन्य १० उत्कृष्ट खेलाडीलाई भने नेक्सस एकेडेमी काठमाडौँमै ६ महिना निशुल्क प्रशिक्षण दिने उनले बताए।

 

ब्रमास्मीसँग सम्झौता

एकेडेमीले सोमबारै प्रतियोगिताको लागि शान्तिनगरमा रहेको ब्रमास्मी बलेजसँग सम्झौता गरेको छ। सम्झौतापछि प्रतियोगिताको नाम ब्रमास्मी एसईई कप हुनेछ।

सम्झौतामा एकेडेमीका तर्फबाट शाही र कलेजका एकेडेमीक डिरेक्टर सुनन्दा घिमिरेले हस्ताक्षर गरे।

यस्तै कलेजले प्रतियोगिताको लागि ७ लाख ५० हजार नगद उपलब्ध गराउने कलेजका एकेडेकी डिरेक्टर सुनन्दा घिमिरेले जानकारी दिए।

यस्तै प्रतियोगिताको उत्कृष्ट १४ खेलाडीलाई कलेजले कक्षा ११ र १२ अध्यनका लागि निशुल्क छात्रवर्ती प्रदान गरिने एकेडेमीका अध्यक्ष शाहीले जानकारी दिए। यस्तै कलेजले ट्यालेन्ट हण्टमा सहभागि हुनेलाई आंशिक र सय भित्र छनोट भएकालाई ५० प्रतिशत छात्रवृती दिने कलेजले केडेमीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell