PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

डीपीएल : अत्तरिया प्लेअफमा



पहिलोपोस्ट

डीपीएल : अत्तरिया प्लेअफमा

काठमाडौँ : सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल-३) को प्लेअफमा प्रवेश गरेको छ। दुई भारतीय खेलाडी जयकिसन कोल्सावाला र सन्नी पटेलको उत्कृष्ट ब्याटिङ अनी दिपेन्द्र ऐरी, भुवन कार्की र दिपेन्द्र रातवनको उत्कृष्ट ब्याटिङमा विराटनगर किंग्सलाई १० रनले पारजित गर्दै अत्तरियाले प्लेअफमा स्थान बनाएको हो।

४ खेलबाट ३ जितसहित ६ अंक जोडेको अत्तरियाले अब लिगको अन्तिम खेलमा मंगलवार पहिलो स्थानको काठमाडौँ गोल्डेन्ससँग खेल्नेछ। ४ खेलबाट ७ अंक जोडेको काठमाडौँ प्रतियोगिताको एक मात्र अपराजित टिम हो भने शीर्ष दुई स्थान पक्का गर्दै क्वालिफायर्समा स्थान सुरक्षित गरिसकेको छ।

अब अत्तरियाले अन्तिम खेलमा काठमाडौँसाग ठूलो हार टारेमा शीर्ष दुईमै रहनेछ।

यस्तै अत्तरियासाग हारेपछि विराटनगर किंग्स भने रनरेटमा पछि पछि पर्दै लिग चरणबाट बाहिरिएको छ। लिगमा पाँच खेलपछि महेन्द्रनगर युनाइटेड र विराटनगर समान ४ अंक जोडेको थियो। तर लिगमा एक खेल मात्र जितेको महेन्द्रनगर आज खेल नभएपनि भाग्यमानी बन्दै प्लेअफ पुगेको छ।

महेन्द्रनगरको दुई खेल वर्षाको कारण रद्ध हुँदा अंक बाँडेको थियो।

 

प्रतियोगिताकै उच्च स्कोर, दुई खेलाडीको अर्धशतक

सिवाइसी अत्तरियाले डीपीएल ३ कै उच्च स्कोर बनाउन् क्रममा टस जितेर पहिले ब्याटिङ गर्दै १४८ रन बनाएको थियो। अत्तरियाका लागि सन्नी पटेलले नटआउट ६१ र कोल्सावालाले नटआउट ५१ रन बनाए।

यी दुई खेलाडीले चौथो विकेटका लागि नटआउट ७९ रनको साझेदारी गरे। ओपनर कोल्सावालाले ५० बल खेल्दै ५ चौका र २ छक्‍का प्रहार गरे। यस्तै आक्रमक ब्याटिङ गरेका सन्नी पटेलले ३१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाए।

जवाफमा १४९ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाए भने पृथु बास्कोटाले २७ रन जोडे।

अत्तरियाका लागि दिपेन्द्र रावत र भुवन कार्कीले ३-३ विकेट लिए भने कप्तान दिपेन्द्र सिहं ऐरीले किफायती बलिङ गरे।  दिपन्द्र रावतले ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिएका थिए। भर्वन कार्कीले ३ ओभरमा ३५ रन खर्चे। तर उनले १९औँ ओभरको दोस्रो बलमा विराटनगरका कप्तान करण केसीलाई कट एण्ड बोल्ड गरे भने तेस्रो बलमा कुशल भुर्तेललाई दिपेन्द्रको हातबाट क्याचआउट गराउँदै खेल अत्तरियातरको पक्षमा मोडेका थिए।

यस्तै दिपेन्द्र ऐरीले ४ ओभरमा ११ रन मात्र खर्चेर १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell