PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

टेलिकमको टावर निर्माण गर्न छतमा चढेका युवकको खसेर मृत्यु



पहिलोपोस्ट

टेलिकमको टावर निर्माण गर्न छतमा चढेका युवकको खसेर मृत्यु

काठमाडौँः छतबाट खसेर एक जनाको मृत्यु भएको छ। भारत उत्तर प्रदेश तिलिमोत घर भएका ३३ वर्षीय बसन्तलाल राठौरको मृत्यु भएको हो।

काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित नेपाल दूरसंचार भवनको सातौ तलाको छतमा रहेको टावर मर्मत गर्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएका राठौरको थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell