PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बार एसोसिएसनको अध्यक्षमा ९ जनाको उम्मेदवारी



पहिलोपोस्ट

बार एसोसिएसनको अध्यक्षमा ९ जनाको उम्मेदवारी

काठमाडौँ : कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन्। अध्यक्ष पदको लागि ८ जनाले उम्मेद्वारी दिएका हुन्।

अध्यक्षमा नेकपा निकट कानुन व्यवसायीको सङ्गठन नेपाल लयर्स एसोसिएसन (एनएलए) ले चण्डेश्वर श्रेष्ठलाई अघि सारेको छ। यस्तै, कांग्रेसस निकट कानुन व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) ले सुनील पोखरेललाई उम्मेदवार बनाएको छ। अध्यक्षका लागि अधिवक्ता विराटकुमार न्यौपाने, कृष्णप्रसाद शर्मा, रामप्रसाद प्रजापति, तोयानाथ ढुङगाना, गजेन्द्रबहादुर थापा, लोकेन्द्रबहादुर ध्वज, पुण्यप्रसाद खतिवडाले मनोनय दर्ता गराएका हुन्।

महासचिवमा लीलामणि पौडेल, सुरेन्द्रबहादुर थापा, रामहरि त्रिपाठीको मनोनयन परेको छ। बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र १४ जना सदस्यका लागि निर्वाचन आगामी चैत १६ गते निर्वाचित हुँदैछ।

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनको समय थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell