PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

एफए कप : चेल्सीलाई हराउँदै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा



पहिलोपोस्ट

एफए कप : चेल्सीलाई हराउँदै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा

म्यानचेष्टर नाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराती भएको अन्तिम प्रि क्वाटरफाइनल खेलमा प्रिमियर लिगकै चेल्सीलाई २- ० ले पराजित गर्दै युनाइटेडले अन्तिम आठमा स्थान बनाएको हो।

चेल्सीको मैदानमा युनाइटेडलाई जित दिलाउन आन्द्रे हरेरा र पउल पोग्वाले पहिलो हाफमा गोल गरे।

युनाइटेडले अब क्वाटरफाइनलमा वल्भ्ससँग खेल्नेछ।

यस्तै मयानचेष्टर सिटीले स्वान्सी सिटी, क्रिस्टल प्यालेसले वाटफोर्ड तथा ब्राइटनले मिलवालसँग खेल्नेछ।

क्वाटरफाइनलका खेलहरु मार्च १५ देखि १८ सम्म हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell