PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

भारत जाने नागरिकको तथ्याङ्क संकलन गर्न प्रदेश सरकारले सञ्चालनमा ल्यायो सीमा सहायता कक्ष



पहिलोपोस्ट

भारत जाने नागरिकको तथ्याङ्क संकलन गर्न प्रदेश सरकारले सञ्चालनमा ल्यायो सीमा सहायता कक्ष

कैलालीः कैलालीको त्रिनगर भन्सार नाकामा नागरिक सीमा साहायता कक्ष सञ्चालन भएको छ। सुदूरपश्चिम सरकारले सहायता कक्ष सञ्चालन गरेको हो।

भारत जाने नेपालीहरुको तथ्याङ्क संकलनका लागि सहायता कक्ष सञ्चालन गरिएको प्रदेश सरकारले जनाएको छ। सहायता कक्षको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार उद्घाटन गरे पनि वैशाख१ गतेबाट मात्र सेवा सुरु हुने जनाइएको छ।

सुदूरपश्चिमका अधिकांश नागरिक मजदुरीका लागि भारत जाने गरेका छन्। हालसम्म कति नागरिक भारतामा छन् भन्ने यकिन तथ्याङ्क भने कसैसँग छैन।

मुख्यमन्त्री भट्टले सुरक्षा निकायसँगको समन्वयमा सीमामा नेपालीलाई हुने सास्ती कम गर्न र गुनासो तथा तथ्याङ्क संकलन गर्न सहायता कक्ष सञ्चालन गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell