PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य



पहिलोपोस्ट

आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

काठमाडौँ : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया मा नेपालले मेलसियलाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ। बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाएको हो।
टी २० अन्तर्राष्ट्रियमा नेपालको महिला ६िमले बनाएको यो अहिलेसम्मको उच्च स्कोर समेत हो।

नेपालको लागि ओपनर सीता राना मगरले ४० बल खेल्दै २ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाइन्।

यस्तै ओपनर काजल श्रेष्ठले १६ तथा इन्दुर बर्माले १३ रन बनाइन्। कप्तान रुविना क्षेत्री बेलबाशीले नटआउट ३३ रन बनाइन्। २५ बल खेलेली रुविनाले ३ चौका प्रहार गरिन्।

नेरी थापा मगर ६ रनमा रनआउट भइन् भने ममता चौधरीले खाता खोल्न सकिनन्।

मलेसियाका विनिप्रेड दुराइसिंगम, लागि सशा अज्मी र जुमिका अज्मीले एक-एक विकेट लिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell