PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

युद्धप्रसाद पुरस्कार शर्मालाई 



पहिलोपोस्ट

युद्धप्रसाद पुरस्कार शर्मालाई 

काठमाडौँः युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ। 

सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । कार्यक्रम प्रगतिवादी कवि वासुदेव अधिकारी पुस्कार अधिकारीलाई हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा मिश्रमाथि अनुसन्धान गरेका र उनकै विषयमा विद्यावारिधि गरेका डा. पशुपतिनाथ तिमल्सिनाले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न माग गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न प्रतिष्ठानले अगुवाइ गर्ने र त्यसमा  सबै साहित्यकारहरूले सहयोग गर्न आग्रह गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell