PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बलिउडमा पाकिस्तानी कलाकार र गायक प्रतिबन्धले लियो यस्तो रुप



पहिलोपोस्ट

बलिउडमा पाकिस्तानी कलाकार र गायक प्रतिबन्धले लियो यस्तो रुप

पुलवामामा आक्रमणपछि बलिउडले पाकिस्तानी कलाकारलाई इन्डस्ट्रीबाट प्रतिबन्ध गरेको छ। हालै, सलमान खानले पनि आफ्नो होम प्रोडक्सनबाट बनेको फिल्म 'नोटबुक'बाट गायक आतिफ असलमलाई निकालेका छन्।

आतिफले गाइसकेको गीतलाई अर्कै गायकबाट रि-रेकर्डिङ गर्ने तयारीमा छ निर्माण टिम। पछिल्लो समय 'अल इण्डियन सिने वर्कस एसोसिएसन'ले दिवंगत सुरुक्षाकर्मीप्रति संवेदना प्रकट गर्दै पाकिस्तानी कलाकारलाई ब्याण्ड गर्ने निर्णय गरेको थियो।

संघले निकालेको विज्ञप्तीमा लेखिएको छ 'पाकिस्तानी कलाकार र गायकलाई हामी सम्पूर्ण तवरले प्रतिबन्ध गर्ने औपचारिक घोषणा गर्दछौं। यदि कसैले त्यहाँका कलाकार वा गायकसँग काम गरेको पाइयो भने उनीहरुका विरुद्ध कडा सजाए हुनेछ।'

यसबीच गायक जावेद अख्तर र शबना अजमीको कराँची टुरमा रोक लगाएको थियो। 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell