PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

जुस र चाउचाउले लोभ्याएर बलात्कार, हत्यापछि नाचगानमै फर्किएका थिए निरज



सविन ढकाल

जुस र चाउचाउले लोभ्याएर बलात्कार, हत्यापछि नाचगानमै फर्किएका थिए निरज

काठमाडौँ : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनुषा वटेश्वर वडा नम्बर ४ घर भएका २२ वर्षीय निरज जर्गा मगरलाई पक्राउ गरेको हो।

मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी  रेश्मा भनिने दुतियाको हत्या भएको हो। गत बिहीवार प्रहरी बालिकाको शव घर नजिकै रहेको उखुबारीमा जेलेको अवस्थामा शव फेला पारेको थियो। २ नम्बर प्रदेशका डिआइजी हरि पालले बालिकाको हत्याराको पक्राउ गरेको जानकारी दिए।

हत्याराले शवको पहिचान हुने डरले बलात्कारपछि हत्या गरी जलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बालिकाको शव गत बिहीवार जलेको अवस्थामा फेला परेको थियो।

निरज बुधवार उनको मामाघर मगर टोल पुगेका थिए। रातिको समयमा विवाह घरमा नाचगान गरेपछि नशाको शुरुमा बलत्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। निरजले बालिकालाई फकाउन नजिकैको पसलबाट चाउचाउ र जुस किनेर लगेका थिए।  

गाँउबाट झन्डै २ सय मिटर पर रहेको उखुबारीमा लगेर चाउचाउ र जुस दिएपछि बलत्कार गरेको बयान दिएका छन्। बलात्कारपछि बालिकाको घाँटी थिची हत्या गरेको प्रहरीमा बयान दिएका छन्। 

हत्या गरेपछि फिङगर प्रिन्टको आधारमा प्रहरीले पक्राउ गर्नसक्ने डरले जलाएको अनुसन्धानमा खुलेको छ। निरजले शवमाथि उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल समेत आगो लगाएका थिए। हत्यापछि फेरि उनी बिवाह घरमा गई नाचगानमा सक्रिय भएका थिए। बिहान भने बालिकाको हत्या भएको हल्लालगत्तै उनी फरार थिए। 

उनी यसअघि पनि महिलामाथि दुर्व्यवहार गरेको आरोपमा तीन महिना जेल भुक्तना गरी निस्किएका व्यक्ति हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell