PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मुस्लिम आयोगका प्रस्तावि अध्यक्ष अन्सारीको नागरिकता र प्रमाणपत्रको जानकारी माग्ने सुनुवाई समितिको निर्णय



पहिलोपोस्ट

मुस्लिम आयोगका प्रस्तावि अध्यक्ष अन्सारीको नागरिकता र प्रमाणपत्रको जानकारी माग्ने सुनुवाई समितिको निर्णय

काठमाडौं : मुस्लिम आयोगका अध्यक्षमा प्रस्तावित समिम अन्सारीमाथि परेको उजुरीका विषयमा आज संसदीय सुनुवाई समितिमा छलफल भएको छ। छलफलले उनको प्रमाणपत्र तथा नागरिकताको विषयमा जानकारी माग गर्ने निर्णयसमेत गरेको छ।

समितिले अन्सारीविरुद्ध परेको उजुरीका आधारमा काठमाडौं जिल्ला प्रशासन मार्फत् उनको नागरिकताको विवरण माग्ने निर्णय गरेको छ।

त्यसैगरी निर्वाचन आयोगसँग उनको राजनीतिक आवद्धता रहे नरहेको विवरण माग गर्ने निर्णय गरेको छ। शैक्षिक योग्यता लगायतका

प्रमाणपत्रको विवरण भने संवैधानिक परिषदसँग माग्ने निर्णय समितिले गरेको हो।

सबै निकायबाट जानकारी आएपछि समितिले समिममाथि निर्णय गर्नेछ।

त्यस्तै, समितिले आज प्राकृतिक स्रोत तथा वित्त आयोग र समावेशी आयोगका प्रस्तावित अध्यक्षमाथि सुनुवाई गर्दैछ। वित्त आयोगमा प्रस्तावित बालानन्द पौडेल र समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीमाथि सुनुवाई हुने कार्यक्रम छ। 

संवैधानिक परिषदले एकै पटक ८ आयोगहरुमा अध्यक्ष तथा सदस्यहरुका लागि आवेदन माग गरेको थियो। प्राकृतिक स्रोत तथा वित्त, महिला, दलित, समावेशी, आदिवासी जनजाति, मधेशी, थारु र मुस्लिम आयोगका लागि परिषदको सचिवालयले सूचना जारी गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell