PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बालुवाटार पुगेर प्रधानमन्त्रीलाई माग बुझाएलगत्तै राप्रपाले बानेश्वरमा गर्‍यो प्रदर्शन, १५ फोटोमा हेर्नुस्

बालुवाटार पुगेर प्रधानमन्त्रीलाई माग बुझाएलगत्तै राप्रपाले बानेश्वरमा गर्‍यो प्रदर्शन, १५ फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। धर्मनिरपेक्षता खारेजीदेखि राजसंस्थासहितको गोलमेच सम्मेलनको २२ बुँदे माग आज बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएलगत्तै राप्रपा प्रदर्शनमा उत्रिएको हो। २२ बुँदे मागपत्र बुझाउन राप्रपा अध्यक्ष कमल थापासहितको टोली बालुवाटार पुगेका थिए।

बालुवाटारबाट नयाँ बानेश्वर प्रदर्शनस्थल पुगे पार्टी अध्यक्ष थापा। प्रदर्शनमा राप्रपाले नैतिक तथा संस्कृत शिक्षालाई अनिवार्य गरियोस्, विभिन्न स्थानमा भएका पार्टीगत नियुक्ती र सरुवा बढुवा रोकियोस जस्ता नाराहरु लगाएका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell