PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

'जानी नजानी'को पोस्टरमा को-को अटाए?



पहिलोपोस्ट

'जानी नजानी'को पोस्टरमा को-को अटाए?

काठमाडौं: फिल्म 'जानी नजानी'को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार चरित्र भुमिकामा देखिन्छन्। चैत १ गतेदेखि प्रदर्शनमा आउने फिल्मका पोस्टरमा मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यु कलाकार निरिशा बस्नेत फिचर्ड छन्।

प्रेमकथामा आधारित फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन्। यो उनको डेब्यू निर्देशकिय फिल्म हो। फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन्।

फिल्ममा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ। अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बसन्त घर्ती मगरको भीएफएक्स छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell