PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

खानेपानीमन्त्री बिना मगरले हटाएका सचिव ठाकुर भन्छन्, 'मन्त्रीसँग कुरा मिलेेन'



पहिलोपोस्ट

खानेपानीमन्त्री बिना मगरले हटाएका सचिव ठाकुर भन्छन्, 'मन्त्रीसँग कुरा मिलेेन'

काठमाडौं‌: खानेपानी मन्त्री विना मगरले विभागीय सचिव गजेन्द्र ठाकुरलाई हटाएकी छिन्। मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विमती कायम थियो। त्यही आधारमा मन्त्री मगरले सचिव ठाकुरलाई हटाएकी हुन्।

ठाकुरले आफूलाई मन्त्रालयबाट हटाएको पुष्टि गरेका छन्। उनले मेलम्चीको विषयमा मन्त्री मगरसँग कुरा नमिलेको स्वीकार गर्दै यसको पुष्टि गरेका हुन्। मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसी डी रेभेन्नाले छाडेपछि बहुप्रतिक्षित आयोजना अलपत्र छ। सचिव ठाकुरले सिएमसी हटाउन प्रमुख भूमिका खेलेको आरोप छ।

सिएमसीले काम छाडेर गएपछि मन्त्री मगरकै अग्रसरतामा आफ्नो स्वकीय सचिवसहितको टोली वार्ताका लागि सिंगापुर पठाएकी थिइन्। तर सचिव ठाकुर भने सिएमसीलाई नफर्काउने र नयाँ टेण्डर गरेर मेलम्ची अघि बढाउने पक्षमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell