PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

आइपीएल : नयाँ सिजनको पहिलो खेलमा धोनी र कोहलीको टिम भिड्ने



पहिलोपोस्ट

आइपीएल : नयाँ सिजनको पहिलो खेलमा धोनी र कोहलीको टिम भिड्ने

इन्डियन प्रिय लिग (आइपीएल) २०१९ को पहिलो खेलमै महेन्द्र सिंह धोनी र विराट कोहलीको टिम भिड्ने भएको छ।

आइपीएलको नयाँ सिजनको लागि मंगलवार सार्वजनिक खेल तालिका अनुसार साविक विजेता चेन्नाई सुपर किंग्स र रोएल च्यालेन्जर्स बैंगलोर मार्च २३ मा खेल्ने भएका हुन्। खेल एमए चितम्बरम स्टेडियम, चेन्नाईमा हुनेछ।

आइपीएलको गभर्निङ बडीले पहिलो दुई साताका लागि १७ खेलको मात्र तालिका सार्वजनिक गरेको छ।

यस अवधीमा बैँगलोर र दिल्ली क्यापिटल्सले ५-५ तथा अन्य ६ टिमले समान ४ खेल खेल्नेछन्।

भारतमा यही समयमा निर्वाचन समेत रहेकोले आइपीएलको अन्य खेल तालिका भने पछि सार्वजनिक हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell