PahiloPost

May 14, 2024 | १ जेठ २०८१

डीपीएल ३ को लिग खेल सकियो, यी हुन् धेरै रन बनाउने र विकेट लिने खेलाडी



पहिलोपोस्ट

डीपीएल ३ को लिग खेल सकियो, यी हुन् धेरै रन बनाउने र विकेट लिने खेलाडी

काठमाडौँ : धनगढी प्रिमियर लिग (डीपीएल) ३ को लिग चरणका खेलहरु मंगलवार सकिएका छन्।

सहभागि ६ वटै टोलीले एकआपसमा सिंगल राउण्ड रोविनमा खेलेपछि लिग चरण सकिएको छ र चार टोली शीर्ष चारमा रहँदै प्लेअफ पुगेका छन् र अन्तिम दुई टोली बाहिरिएका छन्।

यसअघि दुई संकरणको उपाधि जितेको धनगढी स्टार्स यस पटक एक खेल पनि नजिति अन्तिम स्थानमा रह्यो। यस्तै प्रतियोगिताअघि कमजोर मानिएको सिवाइती अत्तरियाले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा ४ खेल जित्यो र शीर्ष स्थान हात पार्‍यो।

दक्षिण अफ्रिकी लेजेण्ड जोन्टी रोड्स मेन्टर र राएन मरोन प्रशिक्षक रहेको अत्तरियाले एकरुपताको प्रदर्शन गर्‍यो।

यस्तै यस पटक पनि डीपीएलमा सहभागि टिमले २-२ विदेशी खेलाडी खेलाएको थियो। कूल १२ विदेशी खेलाडीले फाप्ला मैदानमा डीपीएल खेलिरहेका छन्। जसमध्ये केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने केहीले म्याच विनिङ परफरमेन्स समेत दिएका छन्।

नेपाली खेलाडीतर्फ भने अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले बलिङ, ब्याटिङ र फिल्डिङ तीन वटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने कप्तानी भूमिका पनि सहि तरिकाले पुरा गरिरहेका छन्।

यस्तै लिग चरणमा बलिङमा अत्तरियाकै भुवन कार्कीले सर्वाधिक १२ विकेट लिएका छन्। रुपन्देही च्यालेन्जर्सका दुई फास्ट बलर ललितसिंह भण्डारी र विक्रम सोबले १०-१० विकेट लिएका छन्। यस्तै रुपन्देहीकै भारतीय खेलाडी पुनित महेराले ९ विकेट लिएका छन्।

ब्याटिङतर्फ भने काठमाडौँ गोल्डेन्सका भारतीय खेलाडी अंकित दबासले सर्वाधिक रन बनाएका छन् भने दोस्रो स्थानमा अत्तरियाबाट खेलिरहेका भारतकै सन्नी पटेल छन्।

धेरै रन बनाउनेमा तेस्रोमा अत्तरियाका कप्तान दिपेन्द्र छन् भने चौथोमा पनि अत्तरियाकै भारतीय खेलाडी जयकिसन कोल्सावाला छन्।

यी चार खेलाडीबाहेक बाँकीले सय रन समेत पूरा गर्न सकेका छैनन्। धनगढी स्टार्सका सन्दिप रजाली र रुपन्देहीका सुमित महर्जनले केहि आशालाग्लो प्रदर्शन गरे।

राष्ट्रिय टिममा रहिसकेका विक्रम सोबले यस पटक डीपीएलमा बलिङ र ब्याट दुवैमा राम्रो प्रदरश्न गरेका छन्। उनले



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell