PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

३१औँ मिनेटमा भरत खवासले रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको आर्मी बाहिरियो



पहिलोपोस्ट

३१औँ मिनेटमा भरत खवासले रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको आर्मी बाहिरियो

काठमाडौँ : विभागीय टोली त्रिभुवन आर्मी भुटानमा भइरहेको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ।

१० खेलाडीमा झरेको आर्मीलाई नेपालमै यू-१९ टिमका पूर्व कप्तान समेत रहेका गोलकिपर अर्पण कार्की रहेको टिम पारो एफसीले पहिलो सेमिफाइनलमा पराजित गरेको हो।

कप्तान भरत खवासले ३१औँ मिनेटमा रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको आर्मीले खेल सकिन ४ मिनेटअघि गोल खाएको थियो। 

३१औँ मिनेटमा भरतले दोहोरो पहेँलो (रातो) कार्ड पाएका थिए।

दिबस सुब्बाले ८६औँ मिनेटमा गरेको उत्कृष्ट गोल नै पारोलाई जित दिलाउन पर्याप्त बन्यो।

पारोले अब उपाधिका लागि नेपालकै अर्को क्लब थ्री स्टार ब्रदर्स युनाइटेडबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell