PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

विद्यालयको वार्षिकोत्सव मनाएर फर्कँदै गरेकाहरु चढेको जिप बाग्लुङमा दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु



रासस

विद्यालयको वार्षिकोत्सव मनाएर फर्कँदै गरेकाहरु चढेको जिप बाग्लुङमा दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

गलकोट : बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए 

सडकदेखि करीब ७०० मिटर तल खसेको जीपमा यती नै मानवीय क्षति भएको एकिन गर्न नसकेको अधिकारीको भनाइ छ । घटनामा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell