PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

डीपीएलको इमर्जिङ स्टार यू–१९ टोलीले दक्षिण अफ्रिका भ्रमण गर्ने



एम बम

डीपीएलको इमर्जिङ स्टार यू–१९ टोलीले दक्षिण अफ्रिका भ्रमण गर्ने

कैलालीः तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको इमर्जिङ स्टार यू–१९ टोलीले अर्को वर्ष दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ।

डीपीएलको प्रदर्शनका आधारमा छनोट हुने १४ खेलाडीले दक्षिण अफ्रिका भ्रमणको अवसर पाउने भएका हुन्। आयोजक धनगढी क्रिकेट एकेडेमीले सोमबार पत्रकार सम्मेलन गरी दक्षिण अफ्रिका भ्रमणबारे जानकारी दिएको हो ।

धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टार टोलीलाई दुई साताको लागि दक्षिण अफ्रिका भ्रमणमा लाने तयारी गरिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

शनिबार डीपीएलको समापनपछि १४ सदस्यीय खेलाडीको घोषणा गरिने शाहीले बताए।

इमर्जिङ स्टारले दक्षिण अफ्रिकाको प्रान्तीय र स्थानीय उमेर समूहका खेलाडीको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।

स्पोर्टस एडका अभिषेक केसीले भ्रमणका लागि ४० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell