PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

च्याम्पियन्स लिग : लिभरपुल र वायर्नले खेले गोलरहित बराबरी



पहिलोपोस्ट

च्याम्पियन्स लिग : लिभरपुल र वायर्नले खेले गोलरहित बराबरी

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुल र वायर्नले बराबरी खेलेका छन्।

लिभरपुलको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।

लिभरपुलले घरेलु मैदानमा पाएको सदुपयोगमा गोल गर्न नसक्दा दोस्रो लेग कठिन बन्ने देखिएको छ। यस सिजन समूह चरणमा खेलेका तीन वटै अवे क्लब विरुद्धको खेलमा लिभरपुल पराजित भएको थियो। लिभरपुल अवे मैदानमा नेपोलीसँग १-० ले, रेड स्टार बेलग्रेडसँग २-० ले र पेरिस सेन्ट जर्मनेसँग २-१ ले पराजित भएको थियो।

उता वायर्नले च्याम्पियन्स लिगमा घरेलु मैदानमा खेलेका २६ मध्ये २ खेल मात्र हारेको छ।

दोस्रो लेग मार्च १३ मा वायर्नको मैदान एलिएन्ज एरेनामा हुनेछ।

च्याम्पियन्स लिगको इतिहासमा नकआउट राउण्डमा ३१ खेलको पहिलो लेग घरे मैदानमा गोलरहित बराबरीमा सकिएपछि दोस्रो लेगबाट १० क्लबले मात्र अघिल्लो चरणमा स्थान बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell