PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

सात सचिवको सरुवा, पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा युवामा, अरु कुन मन्त्रालयमा को पुगे?



पहिलोपोस्ट

सात सचिवको सरुवा, पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा युवामा, अरु कुन मन्त्रालयमा को पुगे?

काठमाडौँः सरकारले सात सचिवको सरुवा गरेको छ। अवकाशको समय नजिकै रहेका पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।

पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटालाई ल्याएको छ। खानेपानीमन्त्री बिना मगरसँग विवाद परेपछि सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालय ल्याइएको छ।

रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा र प्रधानमन्त्री कार्यालयका रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सूर्य गौतमलाई सचिवमा बढुवा गरीी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell