PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पुलवामा आक्रमणबारे यस्तो छ पाकिस्तानी कलाकार अली जफरको धारणा



पहिलोपोस्ट

पुलवामा आक्रमणबारे यस्तो छ पाकिस्तानी कलाकार अली जफरको धारणा

पुलवामा आक्रमणपछि बलिउडले पाकिस्तानी कलाकार र गायकलाई काम गर्न प्रतिबन्ध गर्‍यो। यस विषयलाई बलिउडका कलाकारले समर्थन पनि गरेका छन्।

यसैबीच सलमान खानले पनि आफ्नो प्रोडक्सन हाउसमा बनेको फिल्म 'नोटबुक'को एक गीतलाई रि-रेकर्डिङ गर्ने निर्णय लिए। फिल्मको गीतलाई पाकिस्तानी गायक आतिफ असलमले रेकर्ड गरिसकेका थिए।

अहिले, पाकिस्तानी गायक तथा कलाकार अली जफर भने दुई राष्ट्रबीच मेलमिलाप हुनुपर्ने बताउँछन्। पछिल्लो समय पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पुलवामा आक्रमणमा पाकिस्तानको संग्लनता नरहेको भन्दै दिएको टेलिभिजन सम्बोधनलाई ट्वीट गर्दै उनले लेखेका छन् ' खुल्ला मनले निष्पक्ष र घृणा हटाएर यो सुनौं। सक्दैनौ भने शान्त भएपछि सुन। मानवता, मेलमिलाप, कति राम्रो भाषण।'

 

अली बलिउडमा चलेको नाम हो। उनले पछिल्लो समय कट्रिना कैफसँग 'मेरी ब्रदर कि दुल्हन'मा अभिनय गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell