PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सिंगल वर्षा! भन्छिन् 'कसैले प्रपोज गर्दैन'



पहिलोपोस्ट

सिंगल वर्षा! भन्छिन् 'कसैले प्रपोज गर्दैन'

'पशुपति प्रसाद'बाट दर्शकको नजरमा परेकी अभिनेत्री हुन् वर्षा सिवाकोटी। उनको अभिनयलाई दर्शकले रुचाएका पनि छन्।

पछिल्लो समय उनी 'वीर बिक्रम २'को छायाँकनमा व्यस्त छिन्। उनी अभिनित 'पुरानो बुलेट' प्रदर्शनको तयारीमा छ। उनी र नाम  मिल्ने अर्की अभिनेत्री वर्षा राउत फिल्म क्षेत्रमा एउटै समयमा प्रवेश गरेका थिए। राउतको फागुन २ गते कलाकार संजोग कोइरालासँग विवाह भयो। 

सोमबार काठमाडौं‌मा आयोजित एक कार्यक्रममा सिवाकोटीलाई एक प्रश्न सोधियो- समकालिन अभिनेत्रीले विवाह गरिन् तपाईं कैहिले गर्ने त? 

ठट्यौली शैलीमा उनले भनिन् 'विवाह गर्न पार्ट्नर पाएको छैन,कसरी बिहे गर्नेु? मलाई कसैले मन नै पराउँदैनन्। प्रपोज गर्दैन। खोज्दिनु न।'

इन्डस्ट्रीमा वर्षाको नाम कुनै कलाकारसँग जोडिएर आएको छैन। के साँच्चै वर्षा सिंगल छिन्?

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell