PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न थप चारवटा कुकुर ल्याउँदै



पहिलोपोस्ट

नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न थप चारवटा कुकुर ल्याउँदै

काठमाडौँ: नेपाल प्रहरीले  घटनाको अनुसन्धानमा सहयोग गर्ने थप चार वटा कुकुर ल्याउने भएको छ। अनुसन्धानमा कुकुरको माग बढेसँगै थप गर्न लागिएको केन्द्रीय कुकुर तालिम केन्द्रका प्रहरी निरीक्षक रामचन्द्र सत्यालले जानकारी दिए। निरीक्षक सत्यालले भने,’ टेन्डर आह्वान भइसकेको छ। केही समयमा नै थप चार वटा कुकुर आउँछन्।

प्रहरीले बेल्जियम सेफर्ड जातको कुकुर ल्याउन लागेको हो। यो प्रजातिको कुकुरले हातहतियार तथा विस्फोटन पदार्थको अनुसन्धान गर्छ।

अहिले नेपाल प्रहरीसँग देशभर ७९ वटा तालिम प्राप्त कुकुर रहेका छन्। केन्द्रीय कुकुर तालिम केन्द्रमा मात्र ४१ वटा कुकुर छन्। त्रिभुवन विमानस्थलमा ७ वटा कुकुर खटाइएका छन्। सबैभन्दा बढी २८ वटा जर्मन सेफर्ड छन्। कुकुरको हेरचार र तालिमको लागि ६० जना प्रहरी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell