PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

अष्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसद्वारा सरकारकाे ध्यानाकर्षण



पहिलोपोस्ट

अष्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाडाैं: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जनाएका छन्।

“हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पुर्‍याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ” विज्ञप्तिमा उल्लेख छ। 

दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell