
काठमाडौं: फिल्म 'साइँली'को गीत सार्वजनिक भएको छ। फिल्मको 'प्याटे प्याटे'बोलको गीतको भिडियोमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंह फिचर्ड छन्। भिडियोमा गौरव र मेनुका अनि दया र केनिपाको केमेस्ट्री देखाउन खोजिएको छ।
चैत १५ गतेदेखि प्रदर्शनमा आउने फिल्मको गीतमा हर्क साउदको शब्द सुशान्त गौतमको संगीत र स्वर छ। फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।
फिल्मको शीर्षक हेमन्त राणाको चर्चित गीत 'साइँली'बाट समावेश गरिएको हो। जिएच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका छ।
फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन छ।