PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

थ्री स्टार फाइनलमा, उपाधिका लागि पारो एफसीसँग खेल्ने



पहिलोपोस्ट

थ्री स्टार फाइनलमा, उपाधिका लागि पारो एफसीसँग खेल्ने
PHOTO : Bhutan Football Federation

काठमाडौँ : नेपालको थ्री स्टार क्लब भुटानमा भइरहेको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुधवार भएको दोस्रो सेमिफाइनलमा ए डिभिजन क्लब थ्री स्टारले युनाइटेड ब्रदर्थलाई ३-२ ले पराजित गरेको हो।

थ्री स्टारले अब उपाधिका लागि परो एफसीसँग खेल्नेछ। पारोले मंगलवार भएको पहिलो सेमिफाइनलमा नेपालकै त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो।

नेपालका युवा गोलकिपर अर्पण कार्की पारो एफसीबाट खेलिरहेका छन्।

थ्री स्टारका लागि २४औँ मिनेटमा दिनेश रामजवंशी र २८औँ मिनेटमा रन्जन विष्टले गोल गरेका थिए। ३९औँ मिनेटमा युनाइटेड ब्रदर्सका बिशिष्ठ सुब्बाले गोल गर्दै गोलअन्तर कम पारे।

८२औँ मिनेटमा बुद्ध चेम्जोङले गोल गरेपछि थ्री स्टारले ३-१ को अग्रता बनायो। इन्जुरी टाइममा युनाइटेड ब्रदर्सले पेनाल्टीबाट एक गोल फर्काए पनि हार टार्न भने सकेन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell