PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई 'लभ स्टेशन'को आर्थिक सहयोग



पहिलोपोस्ट

करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई 'लभ स्टेशन'को आर्थिक सहयोग

काठमाडौं:  फिल्म 'लभ स्टेशन' प्रदर्शनको तयारीमा छ। निर्माण टिम अहिले फिल्मको प्रचारमा व्यस्त छन्।

हालै निर्माण टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई आर्थिक सहयोग गरेको छ। उनको डेरा भक्तपुरमै पुगेर टिमले १ लाख नगद सहयोग प्रदान गरेको हो।

आगामी २२ गतेदेखि प्रदर्शनमा आउने फिल्मका मुख्य कलाकार प्रदीप खड्का, जसिता गुरुङ, निर्माता गोविन्द शाहीले मेघालाई सहयोग प्रदान गरेका थिए। कलाकार शिषिर भण्डारीले जम्मा गरेर ४ लाख सहयोग पनि सोही क्रममा अभिनेता प्रदीपको हातबाट मेघालाई प्रदान गरेको बताइएको छ।

आफुलाई मन पर्ने अभिनेताको हातबाट सहयोग लिन पाउँदा खुशी थिइन् मेघा। 'लभ स्टेशन'लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याललगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell