PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

के अनमोल र हेमराजको सम्बन्ध बिग्रिएकै हो?



पहिलोपोस्ट

के अनमोल र हेमराजको सम्बन्ध बिग्रिएकै हो?

काठमाडौं:  हेमराज बिसीको निर्देशनमा बनेको फिल्म 'होस्टेल'बाट अभिनेता अनमोल केसीले नेपाली रजतपटमा डेब्यू गरेका थिए। त्यसपछि उनले हेमराजकै निर्देशनमा दुई फिल्म 'जेरी' र 'गाजलु'मा पनि अभिनय गरे।

हेमराजकै फिल्मबाट स्टार बने अनमोल। उनले पछिल्लो समय हेमराजको निर्देशनमा बनेको फिल्म 'ग्याङ्स्टार ब्लुज' गरेनन्। त्यस लगतै हेमराजले आशिरमान देशराज जोशी श्रेष्ठलाई 'ग्याङ्स्टार ब्लुज'बाट डेब्यू गराए। फिल्म खासै चलेन।

त्यतिखेर अनमोल र हेमराजबीच सम्बन्ध चिसिएको चर्चा चल्यो। तर हेमराजले अनमोलसँग आफ्नो सम्बन्ध सुमधुर नै रहेको बताउँदै आएका थिए।  हिजोआज फेरि यी दुईबीच सम्बन्ध बिग्रिएको चर्चा चल्न थालेको छ। किनकी यी दुईका फिल्म फागुन १७ मा एउटै मितिमा भिड्दै छ।

हेमराज निर्देशित 'द ब्रेकअप' र अनमोल अभिनित 'क्याप्टेन' एउटै समयमा प्रदर्शनमा आउँदैछ। अब फागुन १७ मा फिल्मको मात्र भिडन्त हो या अनमोल र हेमराजको, त्यो त उनीहरुलाई नै थाह होला। एकसमय अनमोलको नजिक रहेका हेमराज अहिले आशिरमानको कामले प्रभावित छन्। ‍

हालै एक कार्यक्रममा हेमराजलाई अनमोल र आशिरमानमा कसको काम राम्रो? प्रश्न सोधियो। हेमराजले भने 'यो गाह्रो प्रश्न हो। 'ग्याङ्स्टार ब्लुज'देखि 'द ब्रेकअप'सम्म आइपुग्दा पफर्मेन्सका हिसाबले आशिरमानको काम राम्रो छ।'

के हेमराज र अनमोलको सम्बन्ध बिग्रिएकै हो?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell