PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

४० जना एसपीको सरुवाः ललितपुरमा दुर्गा सिंह,महाशाखामा केदार ढकाल

४० जना एसपीको सरुवाः ललितपुरमा दुर्गा सिंह,महाशाखामा केदार ढकाल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ :  नेपाल प्रहरीले ४० जना प्रहरी उपरीक्षक (एसपी) हरुको  सरुवा गरेको छ। प्रहरी प्रधान कार्यलयले बिहीबार सरुवा नामावली सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर ललितपुरमा एसपी दुर्गा सिंहलाई सरुवा गरिएको छ। हाल एसपी सिंह कञ्चनपुरमा १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धान गरिरहेकी छिन्।

ललितपुरमा कार्यरत एसपी शेखर खनाललाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ। त्यस्तै महानगरीय अपराध महाशाखमा केदार ढकाललाई ल्याइएको हो। एसपी ढकाल यसअघि जिल्ला प्रहरी रौतहटमा कार्यरत थिए। एसपी नरेन्द्र उप्रेतिले बढुवामा छुटेपछि असन्तुष्टि देखाउदै राजिनामा दिएपछि महाशाखामा एसपीको पोष्ट खाली थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंमा एसपी असोज सिंहलाई सरुवा गरिएको छ। त्यस्तै दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापा, भुपेन्द्रबहादुर खत्री जिल्ला प्रहरी कार्यालय रौतहट सरुवा गरिएको हो।

 



ट्रेन्डिङ पोस्ट

Ncell