PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

दुर्घटनामा घाइते भएका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन



पहिलोपोस्ट

दुर्घटनामा घाइते भएका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन

काठमाडौँः दुर्घटनामा घाइते भएका प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ। ओली नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का तर्फबाट दाङ ३ (ख) बाट निर्वाचित सांसद् थिए। 


माघ २४ गते दाङको लमही घोराही सडकखण्डमा भएको दुर्घटनामा ओली घाइते भएका थिए। उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो। 


नेकपा कार्यालय सचिव एवं सांसद् कृष्णगोपाल श्रेष्ठका अनुसार ओलीको शवलाई बिहान १० बजेसम्म पार्टी कार्यालयमा राखेर दाङ लैजाने तयारी भइरहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell