PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

आइसीसी वुमन्स वर्ल्डकप क्वालिफायर: नेपालको शानदार बलिङ, युएई ४१ रनमा अलआउट



पहिलोपोस्ट

आइसीसी वुमन्स वर्ल्डकप क्वालिफायर: नेपालको शानदार बलिङ, युएई ४१ रनमा अलआउट

काठमाडौँ : बलरहरुले घातक बलिङ गरेपछि आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया मा नेपालले युएईलाई ४१ रनमै अलआउट गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाली बलरको घातक बलिङ सामु टिक्न नसक्दा १७.३ ओभरमा ४१ रनमा अलआउट भएको हो। नेपालको लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन्।

युएईले १९ रनमै ६ विकेट गुमाएको थियो। सातौँ विकेटका लागि चमानी सेनेभिरत्न र नेशा शर्माले १६ रनको साझेदारी गरे।

सेनेभिरत्नले २९ बल खेल्दै १ चौकाको मद्दतमा १३ रन बनाइन् भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

युएईलाई अलआउट गर्न नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे। नेपालको लागि नेरी थापाले ३.३ ओभरमा १ ओभर मेडन राख्दै मात्र ६ रन खर्चेर ४ विकेट लिइन्। महिला टी २० मा अन्तर्राष्ट्रिय नेपाली खेलाडीको यो दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो। यसअघि थाइल्याण्डमा जनवरीमा भएको टी २० स्म्यासमा नेपालकी कप्तान रुविनाले इन्डोनेसिया विरुद्ध ३.१ ओभरमा २ मेडन राख्दै २ रन खर्चेर ४ विकेट लिएकी थिइन्।

यस्तै उपकप्तान सीता राना मगरले ४ ओभरमा १ ओभर मेडन राख्दै ७ रन मात्र खर्चेर २ विकेट लिइन्।

कविता कुँवरले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् भने सोनु खड्काले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन्। कप्तान रुविना क्षेत्रीले २ ओभरमा १ ओभर मेडन राख्दै २ रन मात्र खर्चिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell