PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

सांसद् ओलीको निधनका कारण नेकपा सचिवालय बैठक स्थगित



पहिलोपोस्ट

सांसद् ओलीको निधनका कारण नेकपा सचिवालय बैठक स्थगित
फाइल फोटो

काठमाडौँः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालयको बैठक स्थगित भएको छ।

पार्टीको सांगठानिक एकताका बाँकी काम टुंग्याउन बनाइएको कार्यदलको म्याद थप गर्ने विषयमा हिजो बसेको सचिवालयको बैठकले निर्णय गर्न नसकेपछि शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको थियो।

ने क पाका तर्फबाट ५ नं प्रदेशको प्रदेशसभामा निर्वाचित सांसद् उत्तरकुमार ओलीको निधन भएपछि बैठक सरेको हो। ओलीको शवलार्इ श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएकाले बैठक सरेको हो।

बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा उभिएपछि बैठक निष्कर्शविहीन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell